फेशन डिजाइनर शरद संग खुम्बुमा पुगेर इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट , हेलिकप्टरमा राखेर खुम्बु पुर्याएका पाइलट बिबेकले दिए शुभकामना — OSNepal

फेशन डिजाइनर शरद संग खुम्बुमा पुगेर इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट , हेलिकप्टरमा राखेर खुम्बु पुर्याएका पाइलट बिबेकले दिए शुभकामना

LC (KTM) September 23, 2021 0

नेपालमा चलेका सेलीब्रेटीहरु मध्ये बिबाह कहिले गर्ने भनेर महानायक राजेश हमाललाई सबै भन्दा बढी प्रश्न गर्ने गरिन्थ्यो । उनले मधु संग बिबाह गरेपछि अब छोरा छोरी कहिले भन्ने प्रश्न आउन थालेको छ । त्यस्तै सेलिब्रेटी मध्ये गायिका इन्दिरा जोशी लाई पनि बिबाह र ब्वाइफ्रेण्डको बारेमा सधै जसो प्रश्न सोध्ने गरिएको थियो ।

तर उनले कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी छन् । आफ्नो दमदार आवाजका साथ एकदमै सेक्सी र सुन्दर देखिने इन्दिराले फेसन डिजाइनर संग बिबाह गरेकी हुन् । फेसन डिजाइनर शरद केडिया संग उनले इन्गेजेमन्ट गरेकी हुन् । शरदले उनलाई सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा लगेर इन्गेजमेन्ट रिंग लगाई दिएका हुन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा दुबै जना सहभागि हुन गएका थिए । यहि मौकामा दुबै जनाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु हेलिकप्टर मार्फत खुम्बु क्षेत्रमा पुगेका थिए । उनीहरुले गरेको फोटो शुटको ब्याग्राउण्डमा हेलिकप्टर देख्न सकिन्छ ।

फेशन डिजाइनर शरदले फोटोमा घुँडा टेकेर फिल्मी शैलीमा इन्दिरा जोशीको हातमा रिंग लगाई दिएका छन् । यतिका लामो समय सम्म आफ्नो प्रेमलाई गुपचुप राखेकी उनले खुशी हुदै रिंग स्विकार गरेको फोटोमा प्रष्ट देख्न सकिन्छ । त्यस्तै उनीहरुलाई हेलिकप्टरमा राखेर खुम्बु क्षेत्र सम्म पुर्याएका पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर