शाहिद अफ्रिदी पछि अर्का चर्चित क्रिकेटर सिकन्दर राजा नेपाल आइपुगे — OSNepal

शाहिद अफ्रिदी पछि अर्का चर्चित क्रिकेटर सिकन्दर राजा नेपाल आइपुगे

LC (KTM) September 23, 2021 0

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट शनिबार बाट सुरु हुदैछ । यस प्रतियोगितामा बिदेशी चर्चित क्रिकेटरहरुले समेत आफ्नो खेल देखाउँदैछन् । यसका लागि बिदेशी क्रिकेटहरु नेपाल आउने क्रम जारी रहेको छ ।

आजै मात्र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी आएका छन् । लगत्तै प्रतियोगिताका लागि जिम्बावेका अलराउण्डर सिकन्दर राजा पनि काठमाण्डौ ओर्लिएका छन् । उनी बिराटनगर वारियर्समा आबद्ध रहेका छन् ।

विराटनगर वारियर्सले जिम्बावेका कप्तान समेत रहेका सिकन्दर नेपाल आईपुगेको जानकारी दिएको छ। जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर