मकवानपुरमा एक ट्रक बाट यति धेरै परिमाणमा गाँजा भेटियो, प्रहरी नै दंग खायो — OSNepal

मकवानपुरमा एक ट्रक बाट यति धेरै परिमाणमा गाँजा भेटियो, प्रहरी नै दंग खायो

LC (KTM) September 23, 2021 0

मकवानपुरमा आज प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङबाट प्रहरीले एक ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको जनाएको छ ।

गाँजासहित पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका– ९ बस्ने ३१ बर्षिय मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने २४ बर्षका प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर दुई जना माथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर