बलिउडकी हटकेक नोरा फतेहीले आफ्नो संघर्षका दिन संझीएर भनिन्– अडिसन दिईसके पछि घर आएर बेस्सरी रुन्थे — OSNepal

बलिउडकी हटकेक नोरा फतेहीले आफ्नो संघर्षका दिन संझीएर भनिन्– अडिसन दिईसके पछि घर आएर बेस्सरी रुन्थे

LC (KTM) September 23, 2021 0

टेलिभिजन रियालिटी शो बिग बोसको सिजन ९ मा देखीएकी थिईन् अहिलेकी चर्चित नायिका नोरा फतेही । यसपछि उनी फिल्म बाहूबलीको एक गीतमा समेत देखिईन् । सन् २०१८ सालमा नोरा फतेहीको करियरमा एक यस्तो टर्निङ पोइन्ट आयो जसपछि उनले पछाडी फर्किएर कहिले हेर्नु परेन् ।

फिल्म सत्यमेव जयतेको गीत दिलबर एकदै हिट भयो । यसमा उनले आइटम डान्स गरेकी छिन् । यस गित पछि उनी रातारात हिट भईन् । रियालिट शोज, फिल्म तथा पब्लिकमा नोरा जब देखिन्छिन् उनको चार्म नै बेग्लै हुने गरेको छ । तर नोराले यो अवस्थामा सम्म पुग्नका लागि एकदमै संघर्ष गर्नु परेको छ ।

बलिउडमा आफ्नो पाइला राख्ने उदेश्यका साथ नोरा क्यानडा बाट मुम्बई आएकी थिईन् । उनलाई संघर्षको दौरानमा धेरैले हेला गरेको र आफु अपमानित महशुस गरेकी थिईन् नोराले । उनलाई भाषा सबैभन्दा ठुलो चुनौती रहेको थियो । उनले सन् २०१९ मा दिएको एक अन्र्तबार्तामा भनेकी छिन्– मैले हिन्दी भाषा सिक्न थाले । मेरो अडिसन राम्रो हुन सकेन ।

म मानसिक रुपमा तयार हुन्न थिए । म आफैलाई दुःखी ठान्थे । म माथि सबै मानिसहरु हास्ने गरेका थिए । म आफैलाई अपमानित भएको संझेर घर फर्किन्थे र बेस्सरी रुने गर्थे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर