राष्ट्रपतिकी छोरीको फोटो देखाएपछि ओली आक्रोशित — OSNepal

राष्ट्रपतिकी छोरीको फोटो देखाएपछि ओली आक्रोशित

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदक वितरणमा राष्ट्रपतिको छोरीको तस्बीर देखाएर जबाफ फर्काएकामा आक्रोश व्यक्त गरेका छन् ।पछिल्ला कार्यक्रममा ओलीले प्रचण्डले आफ्नै श्रीमतीलाई, माधव नेपालले आफ्नै पितालाई पदक बाँडेको भनेर आलोचना गर्दै आएका थिए । यो अवस्थामा ‘पदक बोल्न सक्ने भए रुन्थे, उफ्रिन्थे’ भनेर ओलीले भनेका थिए ।

आफ्नो यो भनाइमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले तक्मा लिँदै गरेको तस्बीर देखाएर जबाफ दिएको भन्दै ओलीले असन्तुष्टि जनाएका हुन् ।उनले उषाकिरणले आफ्ना पिता जननेता मदन भण्डारीलाई दिइएको पदक ग्रहण मात्र गरेको स्पष्ट पारे । प्रचण्ड र उपराष्ट्रपति नन्दबहादुर पुन जस्तो आफ्नै छोरा र माधव नेपाल जस्तो आफ्नै पितालाई जसरी उषाकिरणलाई पदक नदिएको ओलीको भनाइ थियो ।

‘आज मलाई एउटा मिडियामा मुखभरीको जबाफ दिएछन् । मिल्थ्यो भने मेडल रुन्थे, जुलुस निकाल्थे होला भनेर हिजो बोलेको थिएँ । आज त उषाकिरण भण्डारीलाई त दिएका थियौ त भनेर छापेछ । जननेता मदन भण्डारी दिएको थियो त्यो । उहाँ बितिसकेकाले छोरीले ग्रहण गरेको हो’, उनले भने ।

उनले अगाडि थपे, ‘हामीले प्रचण्ड जस्तो, उपराष्ट्रपति जस्तो, आफ्नै छोरालाई दिने, कसैले आफ्नै बालाई दिनेजस्तो होइन । उषाकिरण भण्डारीले आफ्नो पिताको मरणोपरान्त पदक लिएको हो । उहाँलाई पदक दिइएको होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर