पहिलो अडिसनमै रिजेक्ट भएका थिए बलिउड अभिनेता सनी कौशल , निर्देशकले भनेका थिए– तिमी कामै नलाग्ने कलाकार हौ — OSNepal

पहिलो अडिसनमै रिजेक्ट भएका थिए बलिउड अभिनेता सनी कौशल , निर्देशकले भनेका थिए– तिमी कामै नलाग्ने कलाकार हौ

LC (KTM) September 23, 2021 0

बलिउड एक्टर सनी कौशलले हालै एक अन्र्तबार्तामा आफु पहिला एक अडिशनमा रिजेक्ट भएको खुलासा गरेका छन् । उनी एक स्याम्पुको एडका लागि अडिशन दिन गएका थिए । उनलाई उक्त अडिशनमा राम्रो एक्टर कहिल्यै बन्न नसक्ने भन्दै रिजेक्ट गरिएको थियो ।

यीनै रिजेक्ट भएका कलाकार अन्ततः चाँडै नै शिद्धत फिल्ममा प्रमुख भुमिकामा देखिदैछन् । यस फिल्मको गित रिलीज भईसकेको छ । जुन गितले अहिले तहल्का मच्चाईरहेको छ । उनले हिन्दुस्तान टाइम्स संगको कुराकानीका क्रममा भनेका छन्– मेरो पहिलो अडिसन मलाई एकदमै राम्रो संग थाहा छ ।

त्यो एक स्याम्पुको बिज्ञापनको थियो । उक्त अडिसनमा मलाई निर्देशकले मलाई अभिनय गर्न सक्दैनस भनेका थिए । यो कुरा सुनेर मेरो मन टुक्रिएको थियो । मलाई उक्त बिज्ञापनमा शिर्फ स्याम्पुको बोत्तल ब्याग बाट निकाल्नु थियो अनि क्यामरामा देखाउनु पर्ने थियो ।

साथै त्यसलाई बेच्नु पर्ने थियो । मैले त्यतिबेला त्यो काम पनि गर्न सकेको थिईन् । साँच्चै म त्यतिबेला बेकारको कलाकार नै थिए । सनी कौशल सन् २०१९ मा अक्षय कुमारको फिल्म गोल्डमा देखिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर