साम्बा भए हामी छनौट हुन्थ्यौ - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान नगरकोटी — OSNepal

साम्बा भए हामी छनौट हुन्थ्यौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान नगरकोटी

LC (KTM) September 23, 2021 0

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बिहान स्वदेश फर्किएको छ । एएफसी महिला एसियन कप २०२२ छनोट खेल बाट बाहिरीदै नेपाल स्वदेश फर्किएको हो । उज्वेकिस्तानबाट स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग बोल्दै कप्तान रेनुका नगरकोटीले छनोट खेलमा सके सम्म राम्रै खेल खेलेको बताएकी छिन् ।

उनले मैत्रीपुर्ण खेल भन्दा छनोट खेलमा राम्रै खेल प्रस्तुत गरे पनि छनोट हुन भने नसकेको बताईन् । उनले छनोट खेलमा सावित्रा भण्डारी साम्बा भएको भए छनोट हुने समेत दाबी गरिन् । छनोट खेल खेलिरहदा साम्बालाई एकदमै धेरै मिस गरेको उनले बताईन् ।

नेपाली महिला फुटबलकी एक मात्र गोल मेसिन अर्थात मेस्सी शैलीमा फुटबल खेल्ने सावित्रा भने यसपटक छनोट खेलमा सहभागि भइनन् । उनी चोटको कारण टिममा अटाउन सकेकी थिईनन् ।

उनको चोटको सफल शल्यक्रिया भईसके पछि उनी रिहाबमा रहेकी छिन् । साम्बाको महिला लिगको बेला दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट च्यातिएको थियो । छनोटको समूह एफमा रहेको नेपाल समूह चरणबाट बाहिरिदै घर फर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर