सटर फुटाएर मोवाइल चोरेर भाग्दै गर्दा समातिए दुई जना — OSNepal

सटर फुटाएर मोवाइल चोरेर भाग्दै गर्दा समातिए दुई जना

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । सटर फुटाएर मोवाइल चोरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

निजहरुलाई मोवाइल चोेरेर भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

निजहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट प्रहरीले चार वटा मोवाइल वरामत गरेको छ ।

उनीहरुले असोज ६ गते राति २ बजे सटर फुटाएर मोवाइल चोरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर