दीपकराज-दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित — OSNepal

दीपकराज-दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज- निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘छ माया छपक्कै’ निर्माण गरेर टिमअप भएका रोहितले ‘कालो कोट’ शीर्षकमा चलचित्र बनाउने तयारी थालेका हुन् । प्रदीप भारद्वाजले लेखिरहेको चलचित्रको हाल कास्टिङको काम चलिरहेको छ । ‘सोसल-कमेडी’ विधाको यो चलचित्रमा निर्माण टिमले सौगात मल्ललाई एन्टागोनिस्टका लागि अफर गरेका छन् । सौगातले यो भूमिका स्वीकार गरे, दीपक-दीपा समूहसँग उनको सहकार्य पहिलो हुनेछ ।

यस अगाडि दीपक-दीपाले दयाहाङ राईसंग ‘वडा नम्बर ६’ मा काम गरिसकेका छन् । फिल्ममा तीन अभिनेत्री रहने छन् । यसका लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिम स्रोतले बतायो ।‘कालो कोट’ को निर्देशन सिमोस सुनुवारले गर्ने बताइको छ । यसअघि पनि विभिन्न स्क्रिप्टमा सिमोस र दीपक-दीपाको समूहबीच छलफल भइसकेको छ । तर, सहकार्य हुन्केको छैन ।

दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएकाले अन्य शीर्षकका चलचित्रमा नयाँ निर्देशक रहने छन् । यसअघि ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए । चलचित्रमा दीपक–दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र साझेदारको रूपमा रहने छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा आए तिहारपछि सुटिङमा जाने रोहित र दीपक-दीपा समूहको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर