पूर्व ब्रिटिश आर्मी इमानसिं राईको निधन — OSNepal

पूर्व ब्रिटिश आर्मी इमानसिं राईको निधन

LC (KTM) September 23, 2021 0

खोटाङ, ७ असोज- पूर्व ब्रिटिस आर्मी इमानसिं राईको निधन भएको छ । खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका राईको बुधबार ९६ वर्षको उमेरमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

उनी ब्रिटिस आर्मीबाट अवकाश पश्चात शिक्षण पेशामा लागेका थिए । उनले शिक्षकबाट पनि अवकाश पाइसकेका थिए । २०२३ मा ब्रिटिश आर्मीबाट अवकाश पाएका राईले २०४७ मा शिक्षकबाट पनि अवकाश लिएका थिए ।

आर्मीबाट फर्किएपछि सरस्वती मावि दिक्तेलमा पढाउँदै सोही विद्यालयमा कक्षा ९ मा भर्ना भएर अध्ययन थालेका राईले बिएड पूरा गर्दै महेन्द्रोद्वय मावि ओख्रे डाँडागाउँ र दिक्तेल इंगलिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपलको भूमिका निर्वाह गरेका थिए । राई २०५४ मा तत्कालीन गाविस अध्यक्ष पनि बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर