टिभि सिरियलकी संस्कारी बुहारी दिब्यांका त्रिपाठीका फ्यानका लागि आयो दुखद खबर — OSNepal

टिभि सिरियलकी संस्कारी बुहारी दिब्यांका त्रिपाठीका फ्यानका लागि आयो दुखद खबर

LC (KTM) September 23, 2021 0

स्टन्ट रियालिटी शो खतरो के खेलाडी सीजन ११ को फिनाले यस हप्ता २५–२६ सेप्टेम्बरमा हुनेछ । टप ५ फाईनलिस्टको साथमा ग्राण्ड फिनाले एपिसोड मंगलबार २१ सेप्टेम्बर नै शुट भईसकेको छ । यसैक्रममा टेलिभिजनमा प्रशारण हुनु अघि नै बिजेताको नाम सामाजिक सञ्जालमा आईसकेको छ ।

सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ कि खतरो के खेलाडी सिजन ११ को बिजेता अर्जुन बिजलानी बनेका छन् । शो कि धामड गर्ल दिब्यांका त्रिपाठी फस्र्ट रनरअप बनेकी छिन् । टप २ मा दिब्यांका त्रिपाठी तथा अर्जुन बिजलानी रहेका थिए । दुबै जना बिच एकदमै जबरजस्त प्रतिष्पर्धा भयो र अन्तमा जित अर्जुनले निकाले ।

तर यसको आधिकारीक जानकारी त्यतिबेला हुनेछ जब फिनाले एपिसोड टेलिभिजनमा प्रशारण हुनेछ । अर्जुनलाई उपाधी जीतेकोमा बधाईको ओईरो नै आउन सुरु गरिसकेको छ । बिशेष गरेर अर्जुन बिजलानीकी पत्नीले इन्ष्टा स्टोरीमा ट्रफी सहितको फोटो शेयर गरेपछि उनले नै उपाधी जितेको भने प्रष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर