एसेन्सियोको ह्याट्रिकमा रियलको फराकिलाे जित — OSNepal

एसेन्सियोको ह्याट्रिकमा रियलको फराकिलाे जित

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज – मिडफिल्डर तथा अट्याकर मार्को एसेन्सियोको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रीडले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

बुधबार राति भएको खेलमा रियलले मालोर्काविरुद्ध ६-१ गोल अन्तरको फराकिलो जित निकाल्दै शीर्ष स्थानमा यथावत छ । रियलको पाँचौ जितमा मार्को एसेन्सियोले ह्याट्रिक गोल गरे भने करिम बेन्जेमा २ गोल गर्दा इस्कोले १ गोल थपे । यस्तै, मालोर्काका लागि दक्षिण कोरियाली खेलाडी काङ इन लिले १ सान्त्वना गोल गरे ।

खेलको तेस्रो मिनेटमै अनुभवी स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २४ मिनेटमा एसेन्सियोले गोल गरे । उनले २९ र ५५ मिनेटमा गरि ह्याट्रिक पूरा गरे । यस्तै बेन्जेमाले ७८ मिनेटमा दोस्रो गोल गर्दा इस्कोले ८४ मिनेटमा गोल गरे ।

जितसँगै ६ खेलबाट ५ जित र १ बराबरी सहित १६ अंक सहित शीर्ष स्थानमा छ । समान ६ खेल खेलेको एट्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा छ । पराजित मालोर्का ६ खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ । बुधबार रातिकाे अर्काे खेलमा भिल्लारियलले इल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर