२४ घण्टामा सबैभन्दा बढी मोरङ र विराटनगरमा कोरोनो सङ्क्रमित — OSNepal

२४ घण्टामा सबैभन्दा बढी मोरङ र विराटनगरमा कोरोनो सङ्क्रमित

LC (KTM) September 23, 2021 0

विराटनगर-पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा सबैभन्दा बढी मोरङमा ९३ जनामा कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । सोही अवधिमा स्थानीय तहअन्तर्गत मोरङकै विराटनगरमा ५२ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा दुई, धनकुटा, सङ्खुवासभा र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । सोही अवधिमा एक हजार ५९ को पीसीआर परीक्षण गर्दा २२९ र ४५१ को एन्टिजेन परीक्षण गर्दा ९१ गरी कूल ३२० मा कोरोना सङ्क्रमण भएको हो ।

प्रदेशमा आजै १७४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक महिलासहित चारको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर