हैदराबाद लाई हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा — OSNepal

हैदराबाद लाई हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

LC (KTM) September 22, 2021 0

ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा दिल्ली दिल्ली क्यापिटल्स उक्लिएको छ । आज राती सम्पन्न खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई हराउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दुबईमा सम्पन्न भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेटको क्षतीमा पुरा गरेको थियो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाएका थिए ।हैदरावादका खलिल अहमेद र राशिद खानले समान एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो । दिल्लीका लागि कागिसो राबडा एक्लैले ३ विकेट लिए । दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । पुछारमा रहेको हैदरावादले ८ खेलमा २ अंक मात्र जोड्न सकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर