नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिँदै लाग्दा फेरि तिन दलको छलफल सिंहदरबारमा — OSNepal

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिँदै लाग्दा फेरि तिन दलको छलफल सिंहदरबारमा

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिँदै लाग्दा फेरि गठबन्धन दलहरुको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव सहभागी भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि गठबन्धन दलहरुलाई आज शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी छन् । अघि बिहान पनि तिनदल बिच देउवाको निवास बुढानिलकण्ठमा छलफल भएको थियो । यता माधव नेपाल समुहको सांसदहरुको भेला पनि सिंहदरबारै सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर