बुढानिलकण्ठको बालुवा खानीबाट लागूऔषध सहित योगराज पक्राउ — OSNepal

बुढानिलकण्ठको बालुवा खानीबाट लागूऔषध सहित योगराज पक्राउ

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ५ बस्ने ४० वर्षीय योगराज पोखरेल रहेका छन् ।

निजलाई बुढानिलकण्ठ नगरपालिका १० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध बिक्री बितरण भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त स्थान पुग्दा उनलाई लागुऔषध ससहित पक्राउ गरेको हो ।

यस विषय प्रहरीले थप अनुशनधान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर