बिग बोस ओटीटीको बिजेता बन्ने बित्तिकै दिब्या अग्रवालको भाग्य खुल्यो , बाहुबली स्टार प्रभास संग फिल्म खेल्दै — OSNepal

बिग बोस ओटीटीको बिजेता बन्ने बित्तिकै दिब्या अग्रवालको भाग्य खुल्यो , बाहुबली स्टार प्रभास संग फिल्म खेल्दै

LC (KTM) September 22, 2021 0

बिग बोस ओटीटीको बिजेता दिब्या अग्रवालको चर्चा यतिबेला एकदमै भईरहेको छ । उनले अन्य रियालिटी शो जिते संगै बिग बोस ओटीटीको उपाधी पनि जित्न सफल भईन् । आफ्नो करियरको पीकमा उभिएकी दिब्या अग्रवाललाई अर्काे एक ठुलो मौका मिलेको छ ।

दिब्याले अब बाहुबली फेम एक्टर प्रभास संग फिल्म खेल्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार दिब्यालाई प्रभासको फिल्म सालारमा मुख्य भुमीकाका लागि प्रस्ताव आएको छ । दिब्याको नामलाई लिएर अहिले कुनै आधिकारीक घोषणा भने भएको छैन । यो खबर बाहिर आएलगत्तै दिब्याका फ्यानहरुको उत्साह एकदमै बढेको छ ।

साँच्चिकै यो खबर साँचो हो भने दिब्या अग्रवालका लागि एकदमै ठुलो अवसर हो । प्रभास संग फिल्म खेल्न पाउनु उनको लागि सबैभन्दा ठुलो र चर्चाको बिषय हो । यस फिल्म सालारमा प्रभास संग श्रुति हसन पनि प्रमुख भुमिकामा देखिने छ् ि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर