रौतहट ६ असोज । ४० किलो चाँदी जस्तो देखिने धातु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका९२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनार रहेका छन् । उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त धातुसहित पक्राउ गरेको हो ।
निज सुनार गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका बेला पक्राउ परेका हुन् ।
उनलाई थप कारवाहीको लागि राजस्व कार्यालय पथलैया बारा पठाएको प्रहरीले जनाएको छ ।