हिमाल देवानको घरको भान्सा कोठामा यस्तो अवस्थामा १७ जना पक्राउ — OSNepal

हिमाल देवानको घरको भान्सा कोठामा यस्तो अवस्थामा १७ जना पक्राउ

LC (KTM) September 22, 2021 0

झापा ६ असोज । घरको भन्साकोठामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जना रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा उक्तस्थान पुगेको प्रहरीले उनीहरुको साथबाट
४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामत गरेको छ ।

पक्राउ परेकाहरुमाथि गप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर