वडा कार्यालयमा वडाध्यक्ष नदेखेपछि कामका लागि आएका एक युवकले कार्यालयमा पेट्रोल छर्केर लगाइदिए आगो — OSNepal

वडा कार्यालयमा वडाध्यक्ष नदेखेपछि कामका लागि आएका एक युवकले कार्यालयमा पेट्रोल छर्केर लगाइदिए आगो

LC (KTM) September 22, 2021 0

सुर्खेत ६ असोज । सुर्खेतमा एक युवकले वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

कार्यालय आएको समयमा वडाध्यक्ष नभएको भन्दै ति युवकले रिसले कार्यालयका आगो लगाएका हुन् । आगो लगाउने युवक त्यहीँका स्थानीय वास्ताम लामिछाने रहेको प्रहरीले जनाएको छ ।

आगोले कार्यालयमा भएको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष गंगाराम सुनारले बताएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष सुनार आज बुधबार बिहान एक कार्यक्रममा सहभागी हुन बिहान ८ बजे राजधानी आएका थिए ।

सुनारले आफुलाई बिहान १० बजेतिर ति युवकले फोन गरी आफ्नो कार्यकक्षमा आउनुपर्दैन डुलिडुली खाने ? भन्दै धम्की दिएको र त्यसको १० मिनेट पछि आफुलाई वडा कार्यालयमा आगो लाग्यो भनेर खवर आएको बताएका छन् । प्रहरीले ति युवकलाई अझै नियन्त्रणमा भने लिन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार उनको खोजी कार्य भइरहेको छ । घटननाबारे थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर