काठमाडौं ६ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु कुनै गुटको नभएको बताएका छन् । आज बुधबार पत्रकार सम्मेलनमा गरेका उनले यस्तो जानकारी दिएका हुन् ।
उनले आफु १४औं महाधिवेशमामा सभापतिको दाबेदार समेत नभएको प्रष्टाएका छन् । साथै भविष्यमा समेत आफुले उक्त पदको लागि दावेदार नगर्ने जनाएका छन् ।
आफ्नो नजरमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति समान आदर रहेको बताएका उनले दुवै मिली पार्टीलाई अगाडी बढाएको हेर्न चाहेको समेत बताएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संम्लग्नता नभएको समेत बताएका छन् ।