भोली नेपाल आउँदै पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी — OSNepal

भोली नेपाल आउँदै पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी

LC (KTM) September 22, 2021 0

काठमाडौं – पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी भोली नेपाल आउने भएका छन् । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेल्न उनी नेपाल आउन लागेका हुन् । ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स(११ बाट खेल्ने छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा ईपीएल सुरु हुँदैछ ।

अफ्रिदी कतार एयरवेजबाट बिहीबार दिउँसो ३स्५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । काठमाडौंले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् टिमको कप्तानी सन्दीप लामिछानेको रहेको छ । यस्तै विदेशी खेलाडीमा शाहिद अफ्रिदीसँगै, जनक प्रकाश, रेयान ब्रुल, रहमाउल्ला गुरबाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर