मट्टारे उपनामले परिचित हाँस्य अभिनेता जो अभिनय गर्दागर्दै ढले — OSNepal

मट्टारे उपनामले परिचित हाँस्य अभिनेता जो अभिनय गर्दागर्दै ढले

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज-हाँस्य अभिनेता रमेश केसीको आइतबार अभिनय गर्दागर्दै हृदयाघातका कारण निधन भयो । मट्टारे उपनामले समेत परिचित केसी ७० वर्षका थिए । रंगमञ्च, टेलिचलचित्र हँुदै ठूलो पर्दाका फिल्महरूमा अभिनय गरेका केसी आइतबार एक म्युजिक भिडियोमा अभिनय गर्न आफ्नो घर (इमाडोल, ललितपुर) बाट धर्मस्थली पुगेका थिए ।

बुढ्यौलीमा पनि उत्तिकै जोशका साथ अभिनय कर्ममा दत्तचित्त केसी बेलाबेखत ‘अभिनय गर्दागर्दै मन चाहन्छु’ भन्ने गर्दथे । अन्ततः उनको चाहना पूरा भएरै छा्डयो । पछिल्लो समय पुरन थापाको त्रिकृष्णे नामक टेलिशृंखलामा प्रमुख भूमिका निर्वाह गर्ने तयारीमा रहेका केसीले तीतो सत्य, हर्के हवल्दार, एकादेशको चुरीफुरी, अब त अति भोलगायतका टेलिशृंखला, पिरिम पर्या छन्, कान्छी मट्याङ ट्याङलगायतका फिल्ममा समेत अभिनय गरेका थिए ।

६ वर्षअघि १९ पुस ०७३ पुस १९ गते अभिनेता विष्णुभक्त फुयाँल पनि अभिनय गर्दागर्दै ढलेका थिए । त्यतिबेला उनले जमलस्थित राष्ट्रिय नाचघरमा नाटक महर्षि यज्ञवल्क्यमा शीर्ष भूमिकामा अभिनय गरिरहेका थिए । एकाएक उनी अचेत भई लडे । लगत्तै उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनको देहान्त भइसकेको घोषणा गरेका थिए ।थुप्रै नाटक, टेलिफिल्म तथा फिल्ममा अभिनय गरेका वृद्ध अभिनेता फुयाँलको इच्छा पनि अभिनय गर्दागर्दै प्राण त्याग्न पाउँ भन्ने थियो । फुयाँल ७९ वर्षका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर