घरमा राति सुतेकै ठाउँमा सर्पले टोक्दा एकै घरका दिदि भाईको भयो दुखद निधन शोकमा परिवार — OSNepal

घरमा राति सुतेकै ठाउँमा सर्पले टोक्दा एकै घरका दिदि भाईको भयो दुखद निधन शोकमा परिवार

LC (KTM) September 22, 2021 0

सप्तरी ६ असोज । एकै घरमा दिदिभाइको सर्पले टोकेर ज्यान गएको छ ।

सर्पको टोकाईबाट ज्यान गुमाउनेमा जिल्लाको नगरपालिका वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डल रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार राति घरमा सुतिरहेको ठाउँमा नै सर्पले ति दिदिभाईलाई टोकेको थियो ।

सर्पको टोकाईबाट गम्भिर बाइते भएका दुवैलाई उपचारको लागि लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको भएप्नि दिदि सुनिताको भने उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएकोअ छ ।

पछि भाई कृष्णलाई भने थप उपचारको लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । तर उनको पनि उपचारको क्रममा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर