काठमाडौं ६ असोज । गाईको बाछो काटेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचनसहित ४ जना रहेका छन् ।निजहरुलाई हिजो मंगलबार महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं स्थित ताकेश्वर नगरपालिका -५ गोलढुङ्गा फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहेको सुचनाको आधारमा सोही स्थान पुगेको प्रहरी टोलीले गाईको बाछो काटिरहेको अवस्थामा ती चान जनालाई पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।