काठमाडौँ ६ असोज । सरकार बनेको साढे दुई महिना पछि परराष्ट्रमन्त्रीमा नियुक्त भएका कांग्रेसका नेता डा. नारायण खड्काको आजै शपथ ग्रहण गर्ने भएका छन् ।
सपथ ग्रहण आज दिउँसो १ बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा हुने भएको छ । सपथ ग्रहण गरेसँग आजै नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफ्नो कार्यभार जिम्मेवारी लिने भएका छन् । कार्यभार समाले लगत्तै खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।
हिजो मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले खड्कालाई परराष्ट्रमन्त्रिमा नियुक्त गरेको हो ।