काठमाडौं ६ असोज । मन्त्रीहरुको टुंगो लगाउन सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
बैठक प्रधानमन्त्रीकोनिजी निवास बुढानिलकण्ठमा आज बुधबार दिउँसे बजे बस्ने भएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाइने भएको छ ।
आसन्न महाधिवेशनको विषयमा समेत छलफल हुने बताइएको छ । साढे दुई महिना बितिसक्दा पनिदेउवा सरकारले सरकारलाई पुर्णता दिन सकेकोह छैन ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भने पराराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेको थियो । आजै मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले पनि स्थायी कमिटिको बैठब डाकेको छ ।