काठमाडौं ६ असोज । मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सरकारलाई चाँडै पुर्णता दिने विषयमा निणर्य गरेसँगै आज माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बस्न लागेको हो ।
हिजो मंगलबार नै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बिच सरकारलाई चाँडो भन्दा पुर्णता दिने विषयमा छलफल भएको थियो । मन्त्रीकै टुंगो लगाउन भन्दै नेपाली कांग्रेसले पनि पदाधिकारीको बैठक बोलाएको छ ।
सरकारको नेतृत्व लिएको साढे दुई महिना पछि गठवन्धन सरकारले हिजो परराष्ट्रमन्त्रीका कांग्रेसका नारायण खड्कालार्य नियुक्त गरेको थियो । आजै उनले सपथ लिई कार्यभार समाल्ने भएका छन् ।