ओलीको प्रस्ताव देउवालाई :सके वैकल्पिक सरकार बनाउ नभए राष्ट्रिय सरकार बनाउऔँ — OSNepal

ओलीको प्रस्ताव देउवालाई :सके वैकल्पिक सरकार बनाउ नभए राष्ट्रिय सरकार बनाउऔँ

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव राखेका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री ओलीले फोन गरी यस्तो प्रस्ताव राखेको जनाइएको छ ।

बालुवाटारमा आृलीले सम्पादकहरुसँग कुरा गर्दै भने,आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु,‘कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’ भन्ने ओलीको प्रश्न रहेको छ ।

विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ ९५० का निम्ति मार्ग प्रशस्त गरिदिएको ओलीले भने । विश्वासको मत लिएर हारेपनि म जाने ५ मै हो यसै जाऔं सरकार बनाउनुहोस् ओलीले भने ।नेताहरु गालीगलौजमा व्यस्त भएकाले विकल्पको सरकार दिन आँट गर्नुहोस् भने आफ्नो तर्क रहेको ओलीको भनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर