अर्घाखाँचीको शितगंगामा एमाले प्रवेशकाे संख्या बढ्दै — OSNepal

अर्घाखाँचीको शितगंगामा एमाले प्रवेशकाे संख्या बढ्दै

LC (KTM) September 22, 2021 0

अर्घाखाँची ।अर्घाखाँची शितगंगा नगरपालिका वडा न. ११काे नेकपा (एमाले)वडा कमिटीको कार्यालय उदघाटन तथा वडा कमिटीको पुर्ण बैठक सम्पन्न भएकाे छ । शितगंगामा एमाले प्रवेशकाे संख्या बढ्दै गएको छ ।

वडाकाे विभिन्न ८वटा टाेलहरुमा असाेज २गते देखि अभियानका रुपमा टाेल कमिटीको बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न गरि माैवाबारिमा आयाेजना गरिएकाे ११न.वडा कमिटीकाे कार्यालय उदघाटन कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरि खुम बहादुर नेपाली ,गणेश नेपाली ,धन बहादुर नेपाली र मायाँ परियार नेकपा (एमाले) प्रवेश गरेका थिए ।

वडा कमिटी ईन्चार्ज नारायण प्रसाद आचार्यकाे अध्यक्षता ,शितगंगा ईन्चार्ज ओ पि पाण्डेको प्रमुख आतिथ्यता , नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठको बिशिस्ट आतिथ्यता , कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य तथा बुद्धभुमी नगरपालिका वडा न.३ का वडा अध्यक्ष बिकास आचार्य , राष्ट्रिय युवा सघं नेपाल का केन्द्रीय सदस्य तथा शितगंगा ईन्चार्ज केशवराज बेल्वासे सहित एमाले नेताहरू हिमेन्द्र प्रसाद भुसाल ,गाेपाल खनाल , बम बहादुर सुनार , देवेन्द्र रेस्मी ,बुध्दि बहादुर नेपाली, बिष्णु भण्डारी ,हुम बहादुर सुनार र शितगंगा नगर कमिटी सदस्य तथा ११न.का वडा सदस्य ईन्द्र बहादुर पल्लीकाे आतिथ्यतामा सम्पन्न कार्यक्रम हिमेन्द्र प्रसाद भुसालको स्वागत मन्तव्य र नवराज भुसालको सञ्चालनमा भएको थियो ।

यसअघि शितगंगामा माओवादी नेता टिकाराम घिमिरे सहित ४५ जना एमालेमा प्रवेश गरेको अझै ५० जना प्रवेश गर्ने तयारीमा रहेका नेकपा एमाले जिल्ला कमिटी उपसविच प्रेमनारायण गैरेले जानकारीदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर