४ सय ५९ रुपैयाँ लुट्नेलाई ३ वर्ष कैद ! — OSNepal

४ सय ५९ रुपैयाँ लुट्नेलाई ३ वर्ष कैद !

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज-४ सय ५९ रुपैयाँ लुटपाटमा संलग्न भई अदालतबाट कैद सजाय सुनाइएका एक जनालाई कञ्चनपुर प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन लक्ष्मीपुर गाविस–८ भैसौरी का जंगे भनिने जगतबहादुर बुढाथोकी छन् ।

बुढाथोकीसहितको टोलीले ९ पुस २०४० सालमा अन्तशुल्क बाफतको सरकारी रकम लुटेको अभियोगमा जिल्ला अदालत कञ्चनपुरले २५ बैशाखा २०४२ सालमा ३ वर्ष १ महिना १८ दिन कैद हुने फैसला गरेको थियो ।

प्रहरीका अनुसार बुढाथोकीसहितको टोलीले लारा डिष्टलरी बेलौरीबाट अन्तशुल्क वापतको सरकारी रकम पुर्नवासमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा डिस्टिलरीका कर्मचारी रामजन सहनीसहितलाई लक्ष्मीपुर र त्रिभुवनबस्ती बीचको जंगलमा कुटपिट गरी उक्त रकम लुटेका थिए ।

घरमै लुकेर बसेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरी जिल्ला अदालत बुझाएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेका छ । यस्तै कञ्चनपुर प्रहरीले हातहतियार मुद्दाका फरार अभियुक्त कञ्चनपुर शुक्लाफाटा नगरपालिका–९ का २४ वर्षीय बर्खे चौधरी र ७९ वर्षीय कृष्णपुर नगरपालिका–३ का ७९ वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतको २४ पुस २०७६ को फैसलाले बर्खेलाई ३ वर्ष कैद र ३० हजार जरिमाना तथा सुनारलाई २ वर्ष कैद र २० हजार जरीमाना हुने ठहर गरेको थियो । उनीहरूलाई पनि कैद भुक्तानीका लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर