सङ्क्रमित घटेसँगै उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले — OSNepal

सङ्क्रमित घटेसँगै उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले

LC (KTM) September 22, 2021 0

काठमाडौं । उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् । काठमाडौंं महानगपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा छुट्याएको ३५० बेडहरु सबै खाली गरिएको जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु होम आइसोलेसनमै बस्न चाहेकाकारण आइसोलेसन केन्द्रहरु तत्कालका लागि खाली गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । हाललाई सेवा स्थगित गरिएका आइसोलेसन केन्द्रहरु आवश्यक परेमा तत्काल महानगरले आइसोलेसन केन्द्रको स्थापना गर्नसक्ने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा छापिएको छ ।

यता, ललितपुर महानगरपालिकामा पनि आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको छ । महानगरमा ११० बेडको आइसोलेसनमा अहिले जम्मा २३ जनामात्र कोरोनाका संक्रमित विरामी रहेको मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर