स्वारेज चम्किँदा गेटाफेलाई पराजित , एट्लेटिको शीर्षस्थानमा — OSNepal

स्वारेज चम्किँदा गेटाफेलाई पराजित , एट्लेटिको शीर्षस्थानमा

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज – उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले दुई गोल गरेपछि साविकको विजेता एट्लेटिको मड्रिडले पुनरागमन गर्दै गेटाफेलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा सुरुवाती गोल घरेलु टोली गेटाफेले गर्‍यो । एट्लेटिकोको गोलकिपर यान ओब्लाकलाई छुँदै बलले जाली चुमेपछि गेटाफेले अग्रता लिएको थियो । सन् २०११ पछि गेटाफेले एटलेटिकोविरुद्ध गरेको यो नै पहिलो गोल थियो ।

७८औं मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । खेलको अन्तिम मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल पूरा गरेसँगै एट्लेटिकोले पुनरागमन जितका साथ शीर्ष स्थान पक्का गरेको छ ।

६ खेलमा १४ अंकका साथ एट्लेटिको शीर्ष स्थानमा छ ।५ खेलमा १३ अंक बटुलेको रियाल मड्रिड दोस्रो स्थानमा छ ।भ्यालेन्सिया, रियाल भालेकानो र रियाल सोसिडाड समान १० अंकका साथ क्रमश तेस्रो,चौथो र पाँचौ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर