कांग्रेसको क्रियाशिल सदस्यता बितरणलाई लिएर मन्त्रीले नै कार्यकर्ता यसरी पड्काए , प्रहरी नै परिचालन गर्नु पर्यो — OSNepal

कांग्रेसको क्रियाशिल सदस्यता बितरणलाई लिएर मन्त्रीले नै कार्यकर्ता यसरी पड्काए , प्रहरी नै परिचालन गर्नु पर्यो

LC (KTM) September 21, 2021 0

यतिबेला कांग्रेसमा एक प्रकारको रौनक नै छाएको छ । क्रियाशिल सदस्यता बितरण र १४ औ महाधिबेशनले पुरै देश नै तताएको छ । यसैक्रममा क्रियाशिल सदस्यता विवादलाई लिएर कांग्रेसका एक प्रदेश मन्त्रीले कार्यकर्तामाथि पार्टी कार्यालय सानेपामै मुक्का प्रहार गरेका छन् ।

यस्तो हर्कत देखाउने प्रदेश २ सरकारमा सहभागी महिला, वालबालिका, यूवा तथा खेलकूद मन्त्री वीरेन्द्रप्रसाद सिंह हुन् । उनले आफ्नै कार्यकर्तालाई हातपात गरेका हुन् । क्रियाशिल सदस्यता बितरणका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा छलफल भईरहेको थियो । त्यतिबेलै मन्त्री सिंह कार्यकर्ता माथि हातपातमा उत्रिएका थिए ।

उनी हातपातमा उत्रिए पछि अवस्था एकदमै असामान्य बनेको थियो । त्यसपछि प्रहरी नै परिचालन गर्नु परेको थियो । सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका उनी गत जेठमा प्रदेश २ सरकारमा कांग्रेसका तर्फबाट सहभागी मन्त्री हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर