शनिबार बाट ईपीएल सुरु हुदै , दर्शक लाई अनुमति दिए संगै टिकट बुकिंग खुल्ला — OSNepal

शनिबार बाट ईपीएल सुरु हुदै , दर्शक लाई अनुमति दिए संगै टिकट बुकिंग खुल्ला

LC (KTM) September 21, 2021 0

नेपाली क्रिकेट फ्यानहरुका लागि यतिबेला खुशीको खबर आएको छ । किनभने शनिबारदेखि एभरेष्ट प्रिमियर लिग ईपीएलको चोथो संस्करण सुरु हुदैछ । अझै खुशीको कुरा दर्शकले खेल हेर्न पाउने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि २३ गतेसम्म यो प्रतियोगिता चल्ने छ । जस्का लागि भनेर ईपीएलले टिकट मुल्य सार्वजनिक गर्दै बुकिङसमेत खुला गरिसकेको जनाएको छ । दर्शक प्रबेशकै लागि भनेर ईपीएलले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अनुमति समेत लिईसकेको छ ।

प्रशासनले पनि स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर सञ्चालनको अुनमति दिईसकेको छ । तर आयोजकले दर्शकको क्षमता अनुसार आधा दर्शक मात्र उपस्थित हुन पाउने नियम तोकिएको छ । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ ।

प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय रुपैया तोकिएको छ । उता बिशिष्टहरु तर्फको भने हजार रूपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर