संकटमा कुमाल परिवार : स्थानीय सरकार बेखबर ! — OSNepal

संकटमा कुमाल परिवार : स्थानीय सरकार बेखबर !

LC (KTM) September 21, 2021 0

नेत्र बिक्रम बिमली/ झापा – हल्दिवारी – ४ मा रहेका माटोको भाडा, गमला लगायत २५ किसिम भन्दा बढि सामाग्री बनाउदै आएको कुमाल परिवार आफ्नो पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छ्न । हल्दिवारी – ४ जलथल जङ्गलकै छेउमा २५ बर्षदेखी बस्दै आएका कुमाल परिवार मध्ये २ परिवारले आफ्नो पुर्खेउली पेसा छोडी सकेका छ्न भने २ परिवार पनि छोड्ने अवस्थामा पुगेको चन्द्रवती कुमाल ( पण्डित ) दुखेसो पोखिन ।

हल्दिवारी गाउँपालिका भित्र कै अति विपन्न तथा लोपोन्मुख कुमाल परिवारले आजसम्म कुनै सहयोग पाएका छैनन् , । चन्द्रवति भन्छिन नेताहरू भोटमाग्न बाहेक उनीहरुको समस्या बुझ्न् आएका छैनन् ।
उनी भन्छिन स्थानीय जनप्रतिनिधि तथा वडामा सहयोग को लागि अनुरोध गर्दा उनिहरु पैसा छैन भन्दै पन्छिन छ्न? ,अब हाम्रो सुनवाइ का हुने हो र कुन सरकार भनौं हाम्रो पीडा अनि दुखेसो ।

हल्दिवारी ,राजगढ र भद्रपुरका ठाउँ ठाउँमा माटाको सामाग्री साइकलमा घरमै पुर्याएर जिविकोपार्जन गर्दै आएको विपन्न कुमाल परिवार स्थानीय सरकारदेखी उपेक्षित रहेको उनीहरुको गुनासो छ ।

” हल्दिवारीकै गरिखाने नमूना कुमाल परिवार किन गाउँपालिकाको आखामा पर्न गएन त ? अनुदानको नाममा हुनेखानेको मात्र पहुँच हुने हो कि यस्ता विपन्न परिवारलाई पनि सहयोग गर्नु पर्ने हो ? किन राजनीति गर्ने राजनेता र भोट मागी खाने जनप्रतिनिधिहरुले बुझेनन् उनीहरुको पीडा ।”

उनीहरुले ठुलो सहयोगको अपेक्षा पनि गरेका छैनन् बस व्यवसाय गर्दै आएको परिवारलाई माटो मुस्ने मिसिन र भाडा – कुडा बनाउने बिजुलिबाट चल्ने चर्खा ! अनुदान यस्तो परिवारले पाओस् जस्ने परिवार र समाजलाई केही दिन सकोस् । स्थानीय सरकारले १ लाख जति सहयोग गर्‍यो भने उनिहरु विस्थापित हुनु पर्दैन तथा यहाँको संरक्षण गर्नु परिवार र पेसाको समेत व्यवस्थापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर