काठमाडौँ ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सबैलाई पदक बाँडेर सबैतिर ढोका थुनेको आरोप लगाएका छन् ।
आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सबैतिर ढोका थुनेको छ, ताकि कतैबाट आवाज नआओस्, उज्यालो नछिरोस्’ ओलीले भने ।
ओलीले वर्तमान सरकारलाई ग्रहणको संकेत दिँदै अहिले ग्रहण लागेकाले यसलाई नहेर्न भनेका छन् । ‘अहिले ग्रहण लागेको छ, यो ग्रहणतिर धेरै हेर्ने काम छैन ।’ उनले भने ।
रत्नपार्कमा बसेर वितरण गरे जस्तो छ क्या, ह्वार ह्वारी बाँडेको पदकलाई लिएर बुद्धिजीवि, नागरिक समाज सबै मौन बसेको भन्दै आरोप समेत लगाएका छन् । ‘म प्रधानमन्त्री भएको बेला यसो गएको भए अहो ! के हुन्थ्यो ? बुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ?’
आफ्नो पालामा ल्याएको १४०० सडकको रणनीति यो सरकारले रोकेको बताएका उनले भने, ल बना बाटा ! केपी ओलीको फुर्ती एक्कै झट्कामा खत्तम पारिदिन्छु भनेर १४०० बाटो खत्तम ।’