प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण , २४ घण्टामा ७ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण , २४ घण्टामा ७ जनाको मृत्यु

LC (KTM) September 21, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाहृदशी र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १ जनामा देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र १०० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर