अर्घाखाँची ।नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) को १४ औं महाधिवेशनमा पुनः जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन ।महाधिवेशनको माओलले जिल्लाका ६१ वटै वडा देखि राष्ट्रिय स्तरसम्म खनालको चर्चा चलेको छ । विष्णुप्रसाद खनाल (मुस्कान)को जीतको सम्भावना बढ्दो देखिदै गैररहेको छ ।
जिल्लामा खनालको धेरै योगदान छ । पाटीका नेता तथा कार्यकर्तालाई संरक्षण गरी बचाएको, पाटी जोगाएको, १३ औं महाधिवेशनमा निर्बिरोध सभापति भएपछि चलाखीपूर्ण ढंगबाट स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई जिताउन सफल भएको, जिल्ला समन्यव समिति आफ्नो पक्षमा खेलेको भूमिका कांग्रेस भित्र उच्च प्रशंसा चलेको बुझिएको छ ।
पाटी कार्यकर्तालाई आइपर्ने हरेक समस्यामा साथमै रहेर समाधान गर्ने खनाल को बानी छ । कांग्रेस कार्यकर्ताको पक्षमा अहोरात्र खटिने लगायतका मुस्कानका प्रशंसनीय काम भएको कांग्रेस कार्यकर्ता बताउँछन् । कांग्रेसको संगठनलाई थप मजबुत गर्न, शक्तिशाली पाटी निर्माण गर्न आफुलाई एक पटक पुनःसभापति पदमा पुराउन खनालले अपिल गरेका छन् । उनी अहिले गाउँगाउँमा आफ्नो दोस्रो कार्यकालमा गर्ने काम र एजेण्डा सहित हिडेका छन् ।
बहुसंख्यक कार्यकर्ताले पुनः निर्बिरोध रुपमा जिम्मेवारी मुस्कानलाई दिन लबिङ सहित नेताहरुलाई दबाव दिन थालेको देखिन्छ ।खनालको उम्मेदवारीले युवा पुस्तामा उहाँको उपनाम जस्तै मुस्कान छाएको कांग्रेस कार्यकर्ता बताउँछन् ।