आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर राष्ट्रिय टोली स्वदेश फर्कियो — OSNepal

आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर राष्ट्रिय टोली स्वदेश फर्कियो

LC (KTM) September 21, 2021 0

काठमाडौं, ५ भदौ – आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो ।

ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो ।

यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन् । उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर