प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गरेको अभियोगमा अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित पक्राउ — OSNepal

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गरेको अभियोगमा अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित पक्राउ

LC (KTM) September 21, 2021 0

पर्सा ५ असोज । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा प्रहरुलि एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानु रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेश्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो ।

उनी उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर