अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका राज कुन्द्रा ५० हजार धरौटीमा छुटे, शिल्पा छिन् खुशीले फुरुगं — OSNepal

अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका राज कुन्द्रा ५० हजार धरौटीमा छुटे, शिल्पा छिन् खुशीले फुरुगं

LC (KTM) September 21, 2021 0

भारतीय व्यापारी राज कुन्द्रा ५० हजार धरौटीमा रिहा भएका छन् । अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका उनलाई मुम्बई अदालतले सोमबार धरौटीमा रिहा गरेको हो ।

उनीसँगै उनका सूचना प्रविधि ९आइटी० प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको छ । कुन्द्रा चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति समेत रहेका छन् । यसै विषयमा शिल्पासँग पनि प्रहरीले सोधपुछ गरेको थियो । नेपाल समचारपत्रमा खबर छ । जसमा शिल्पाको भने कुनै प्रकारले संलग्नता नरहेको पुष्टि भएको थियो ।

कुन्द्रा र थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा गत जुलाई १९ मा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो । यसबीचमा केही युवतीहरुले कुन्द्राबाट पिडित भएको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर