हुने वाला ससुराको जन्मदिनमा सुटुक्क केक लिएर पुगे रणबिर कपुर — OSNepal

हुने वाला ससुराको जन्मदिनमा सुटुक्क केक लिएर पुगे रणबिर कपुर

LC (KTM) September 21, 2021 0

बलिउड अभिनेत्री आलिया भट्ट तथा महेश भट्ट बलिउडको सबैभन्दा फेमस बाबु छोरीको जोडीमध्ये एक हो । आलिया आफ्नो बुवा महेशलाई एकदमै माया गर्छिन् । दुबै जनाको बोन्डिंग एकदमै गहिरो रहेको छ ।

दुबै जना एक अर्का संग बिशेष समय निकालेर बिताउने गरेका छन् । अहिले आलियाले बुवा महेशको ७३ औ जन्म दिन मनाएकी छिन् । उनले आफ्नो बहिनी पुजा संग मिलेर बुवाको जन्म दिन मनाएकी हुन् ।

जन्म दिनको सबै ब्यवस्थापन आलिया स्यंमले गरेकी थिईन् । पुजा भट्टले पिता महेशको तस्बीर शेयर गर्दै लेखेकी छिन्– बर्थ डे ब्वाइ, सेटिंग गर्ललाई नभुल्नु । यसका साथै आलियाले पनि केही तस्बीरहरु शेयर गरेकी छिन् । उनले फोटो शेयर गर्दै लेखेकी छिन्– ७३ बर्षका जवान, ह्यापी बर्थडे पापा ।

आलियाले शेयर गरेको तस्बीरमा उनको ब्वाइ फ्रेण्ड रणबीर कपुर पनि देखिएका छन् । यस तस्बीरमा रणबीर कपुर सेल्फी लिदै गरेको देख्न सकिन्छ । रणबीर कपुर आलियाको घरमा हुने हरेक पार्टी तथा फङसनमा देखिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर