२४ घण्टामा सुदूरपश्चिममा ५३ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु — OSNepal

२४ घण्टामा सुदूरपश्चिममा ५३ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

LC (KTM) September 21, 2021 0

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अड्तीसमा पीसीआर र १५ मा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३६ र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा १२, दार्चुलाका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–४ का ५० वर्षीय पुरुष र सोही गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर