बुवा डेबिट बेकह्यामको लय पछ्याउँदै रोमियो , मारे ब्यवसायिक फुटबलमा डेब्यु — OSNepal

बुवा डेबिट बेकह्यामको लय पछ्याउँदै रोमियो , मारे ब्यवसायिक फुटबलमा डेब्यु

LC (KTM) September 20, 2021 0

धेरै जसो सेलीब्रेटीका सन्तानहरु आफ्नो बुवा आमा जुन लाइनमा छन् त्यहि लाइन पछ्याउँदै हिडेको देख्न पाईन्छ । यसैक्रममा इंग्ल्यान्डका पूर्व कप्तान तथा चर्चित फुटबलर डेभिड बेकह्यामका छोरा रोमियो बेकह्यामले व्यवसायिक फुटबलमा डेब्यु मारेका छन् ।

उनी अमेरिकाको क्लब फोर्ट लाउडरडेल सीएफमा अनुबन्धित भए संगै पहिलो पटक ब्यवसायिक खेल समेत खेल्न सफल भएका छन् उनले सोमबार व्यवसायिक फुटबलमा डेब्यु गरेका हुन् । यूएसएल लिग वान अन्तर्गत टोर्मेन्टाविरुद्धको खेलबाट उनले डेब्यु गरेका हुन् ।

मात्र १९ बर्षका रोमियोले व्यवसायिक फुटबलका लागि फ्लोरिडाको क्लबसँग गत महिना सम्झौता गरेका थिए । उनले आफ्नो बुवाले जत्तिको सफलता पाउने हुन् कि हैनन् त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर