अवैध लागुऔषध सहित १८ वर्षिय किशोर पक्राउ — OSNepal

अवैध लागुऔषध सहित १८ वर्षिय किशोर पक्राउ

LC (KTM) September 20, 2021 0

कास्की ४ असोज । अवैध लागुऔषध गाँजा सहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० रामबजार बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

निज किशोरलाई पोखरा महानगरपालिका ३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषसहित ति किशोरलाई पक्राउ गरिएको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर