काठमाडौँ ४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको नेतृत्वमा चाँडै प्रदेश १ र वाग्मती प्रदेशमा सरकार बन्ने बताएका छन् ।
आज सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बन्ने भन्दै स्वागत गर्न तयारीमा अवस्थामा बस्न आग्रह गरेका हु्न ।
बैठकलाई सम्बोधन गर्दै नेपालले आफुहरु चोइटिएर गएको भन्दै हाइसञ्चो भएको भन्ने अध्यक्ष केपी ओलीका मान्छे किन संसदमा कराएको पिलो निचोरिएर आन्दन हुने मान्छे किन दिनहुँ कराएको भन्दै ओलीतिर लक्षित गर्दै प्रश्न समेत गरेका छन् ।