विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसादको मृत्यु — OSNepal

विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसादको मृत्यु

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी, सोनमा गाउँपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । निजहरुमाथि सोही गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका-७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नवलपरासी (पश्चिम), पाल्हिनन्दन गाउँपालिका-१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ ।

उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर