निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा राजनीतिक व्यंग्य — OSNepal

निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा राजनीतिक व्यंग्य

LC (KTM) September 20, 2021 0

बैतडी, ४ असोज-बैतडीको निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सोमबार पनि जारी छ । यस जात्रामा बैतडी जिल्लासहित दार्चुला, बझाङ, डडेल्धुरालगायत भारतीय दर्शनार्थीसमेत आउने गर्दछन् । सोमबार पूर्णिमाको अवसरमा लाग्ने जात्रामा डेउडा खेल खेल्ने चलन छ ।

सोमबार महिला र पुरुषको छुट्टाछुट्टै हातजोडी डेउडा खेल दिनभर लाग्ने गर्दछ । पछिल्लो समय डेउडा खेलमा राजनीतिक व्यंग हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने अन्य जात्राको समयमा बलि हुने भए पनि यो जात्रामा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

यो जात्रा भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ । विगतमा अनन्त चर्तुदशीको रातभरी डेउडा खेल हुने गरेकोमा त्यो क्रम भने केही मात्रामा घटेको छ ।

यो जात्रामा तीन रात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरूको समेत घुइँचो लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय बहादुर बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर