'गाँजा भनेको गाँजा हो' 'आधा नेपालीको खाजा हो' भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन — OSNepal

‘गाँजा भनेको गाँजा हो’ ‘आधा नेपालीको खाजा हो’ भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । गाँजावादी एक हौं भन्दै आज सोमबार एक समुहले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।

गाँजाको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईको माग गर्दै गाँजालाई वैधानिकता दिन भन्दै उक्त समुहले आज प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ ‘गाँजा भनेको गाँजा हो, ‘आधा नेपालीको खाजा हो’ भन्दै लेखिएको प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए ।

गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग समेत राखेका उनीहरुले गाँजामाथिको प्रतिबन्ध खुलाउन नेपालभित्र र अन्तर्राष्ट्रियस्तरमा पनि लबिङ गरिरहेका काफ्लेलाई पक्राउ गरेको प्रति आपत्ती जनाउँदै तत्काल रिहाईको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर